भारतीय बजारबाट रासायनिक मल ल्याउन पाउनुपर्ने किसानको माग
रौतहटका किसानले भारतीय बजारबाट आफ्नो आवश्यकता अनुसार रासायनिक मल ल्याउन पाउनुपर्ने माग गरेका छन् ।
सदरमुकाम गौरमा ‘आइटी किसान’ले बुधबार आयोजना गरेको कोणसभामा बोल्दै किसानका प्रतिनिधिले सीमा क्षेत्रमा किसानले भारतबाट ल्याएको मललाई सुरक्षाकर्मीले तस्करीको भन्दै नियन्त्रणमा लिने गरेकोमा आपत्तिसमेत जनाए ।
सरकारले पर्याप्त मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन पनि नसक्ने र किसान आफैले जेनतेन ल्याएको मललाई पनि तस्करीको भन्दै प्रहरीले नियन्त्रणमा लिने गर्दा कयौं किसान मर्कामा परेको उनीहरुको भनाइ थियो ।
२०५७ साल अघि साल्ट ट्रेडिङ, कृषि सामग्री संस्थानका साथै ब्यापारीले समेत तेस्रो मुलुकबाट मलखाद ल्याउने गरेकाले देशमा कहिल्यै मलखादको अभाव नभएको भन्दै उनीहरुले रासायनिक मल ल्याउन निजी क्षेत्रलाई पनि अनुमति दिन माग गरे ।
हाल रौतहटमा मलखाद अभाव भएको भन्दै उनीहरुले ९०० रुपैयाँ प्रति बोरा मूल्यको युरिया मल एक हजार ७०० रुपैयाँ तिरेर खरिद गर्नु परेको गुनासोसमेत गरे ।
निजी क्षेत्रले तेस्रो मुलुकबाट मलखाद ल्याउन सक्ने गरी सरकारले कानुनी ब्यवस्था गरिदिएमा देशमा मलखाद अभावको समस्या स्वतः समाधान हुने उनीहरुको दाबी छ ।
देशमा किसानले परम्परागत तरिकाले खेती गर्ने गरेका कारण आवश्यकता अनुसारको खाद्यान्न उत्पादन हुन नसक्दा बर्सेनि अरबौं रुपैयाँ विदेशमा गइरहेको प्रदेशसभाका पूर्व सदस्य कुन्दन कुश्वाहाले बताए ।
कोणसभामा किसान प्रतिनिधि उपेन्द्र साह, त्रिभुवन साह र मौलापुर नगर प्रमुख रिनाकुमारी साहले कृषिमा आधुनिकता नआएसम्म सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार नहुने बताएका थिए ।
कोणसभा अघि जिल्लाका विभिन्न गाउँबाट आएका किसानले गौर बजारमा ¥याली निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना