बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फर्किए

बुधबार, २३ भदौ २०७८, १८ : ४८
बुधबार, २३ भदौ २०७८

अफगानिस्तानबाट उद्धार भई बुधबार थप ३२ नेपाली स्वदेश फर्किएका छन् । कतार एयरको नियमित उडानबाट ३२ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

यससँगै हालसम्म कूल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइसकेको मन्त्रालयको भनाइ छ ।  काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपालीलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप