बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको पार्टीले आगामी चुनावमा एक सिट पनि नजित्ने विष्णु पौडेलको दावी

बुधबार, २३ भदौ २०७८, १८ : ३८
बुधबार, २३ भदौ २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् । उनले औपचारिक ढंगले संसदमा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए । 
 

बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफ्नो दलले कारबाही गरेर निस्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको समेत उनले आरोप लगाए । 

उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

उनले दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको ? भनि सभामुख सापकोटालाई प्रश्न समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप