आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दशैं तिहारमा टाटाको हात खाली नजाने अफर

बुधबार, २३ भदौ २०७८, १८ : ३४
बुधबार, २३ भदौ २०७८

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडबाडलाई लक्षित गरि हात खाली नजाने उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरू मध्ये एक जना ग्राहकले पाउनुहुनेछ ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३  जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप