जीतु नेपालको व्यङ्ग्य – कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा !
लोकप्रिय हास्य कलाकार हुन्, जीतु नेपाल । फिल्म, टेलिफिल्म होस् वा स्टेज कार्यक्रम नै किन नहोस्, दर्शक हँसाउन माहिर छन् उनी ।
पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी शो मार्फत दर्शक मनोरञ्जन गराउँदै आएका उनले समसामयिक राजनीतिक लगायत सबै विषयमा व्यङ्ग्यका प्रस्तुति दिँदै आएका छन् ।
प्रहसनमा मात्र होइन उनी सामाजिक सञ्जालमा पनि समय सान्दर्भिक टिप्पणी गर्न खप्पिस छन् ।
बुधबार भने उनले बागमती प्रदेशमा भएको राजनीतिक गतिविधि माथि व्यङ्ग्य गरेका छन् । बागमती प्रदेशमा भएको सरकार विस्तार, संघीय संसदको बैठकको सुरुवात र प्रमुख प्रतिपक्षी दलको विरोधलाई लक्षित गर्दै सामाजिक संजालबाट उनले तिखो व्यङ्ग्य प्रहार गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन् ‘बागमती र लुम्बिनीमा १२÷१३ मन्त्रीका सपथ । संसदमा कोलाहल, संसद चलाउन नसकेर स्थगित । सडकमा नारा जुलुस आन्दोलन । केन्द्र सरकारमा भागबण्डा नमिलेर मन्त्रीमण्डल नियुक्तिमा ढिलाइ । यस्तो पो गाईजात्रा । हामी जाबो कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो