बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बढी जनसंख्यालाई खोप दिने देशमध्ये नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा

बुधबार, २३ भदौ २०७८, १७ : ४५
बुधबार, २३ भदौ २०७८

 गएको २४ घण्टामा १ लाख २३ हजार २ सय ८६ जनाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । हाल नेपालमा भेरोसेल, कोभिशिल्ड, जोनसोन एण्ड जोन्सनको खोप र एस्ट्राजेनेका नामक खोप दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा गत माघ १४ गतेबाट सुरु भएको कोरोनाविरुद्धको खोप हालसम्म करिब १ करोड ७ लाख ३९ हजार ८६४ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । जसमध्ये पूर्ण खोप ५० लाख ५६ हजार ८ सय ३ जनाले लगाएका छन् भने पहिलो मात्रा खोप ५६ लाख ८३ हजार ६१ जनाले लगाएको उनले बताए । 

कोरोनाविरुद्धको खोप बढी जनसंख्यालाई दिने देशमध्ये नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको उनको भनाइ छ । श्रीलङ्का भने ४२.७० प्रतिशत जनतालाई खोप दिएर पहिलो स्थानमा छ । नेपालले १६.७२ प्रतिशतलाई खोप दिएको छ भने भारतले ११.५३ प्रतिशत, पाकिस्तानले ८.९१ प्रतिशत र बंगलादेशले ५.२५ प्रतिशतलाई खोप दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप