बढी जनसंख्यालाई खोप दिने देशमध्ये नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा
गएको २४ घण्टामा १ लाख २३ हजार २ सय ८६ जनाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । हाल नेपालमा भेरोसेल, कोभिशिल्ड, जोनसोन एण्ड जोन्सनको खोप र एस्ट्राजेनेका नामक खोप दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा गत माघ १४ गतेबाट सुरु भएको कोरोनाविरुद्धको खोप हालसम्म करिब १ करोड ७ लाख ३९ हजार ८६४ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । जसमध्ये पूर्ण खोप ५० लाख ५६ हजार ८ सय ३ जनाले लगाएका छन् भने पहिलो मात्रा खोप ५६ लाख ८३ हजार ६१ जनाले लगाएको उनले बताए ।
कोरोनाविरुद्धको खोप बढी जनसंख्यालाई दिने देशमध्ये नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको उनको भनाइ छ । श्रीलङ्का भने ४२.७० प्रतिशत जनतालाई खोप दिएर पहिलो स्थानमा छ । नेपालले १६.७२ प्रतिशतलाई खोप दिएको छ भने भारतले ११.५३ प्रतिशत, पाकिस्तानले ८.९१ प्रतिशत र बंगलादेशले ५.२५ प्रतिशतलाई खोप दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण