बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मन्त्रीको शपथ ग्रहणमा पत्रकारलाई प्रवेश निषेध

बुधबार, २३ भदौ २०७८, १७ : ३४
बुधबार, २३ भदौ २०७८

प्रदेश प्रमुखको कार्यालय बागमतीमा समाचार संकलनमा खटिएका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा सूचना संकलनमा खटिएका विभिन्न संचारमाध्यमका पत्रकारहरुलाई प्रदेश प्रमुख कार्यालयमा प्रवेशमा रोक लगाइएको हो ।

सूचना संकलनका लागि सो कार्यालय परिसरमा पुगेका पत्रकारहरुले क्यामेरा गेट अगाडि राखेर धर्नासमेत बसेका थिए ।
पत्रकारले कोरोना सार्छन् भन्दै प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद भट्टले मुख्यद्वारमा सुरक्षाकर्मी तैनाथ गरी पत्रकारलाई प्रवेशमा रोक लगाएका थिए ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रदेश प्रमुख कार्यालयका सचिवद्वारा संचारकर्मीलाई सूचना संकलनमा बन्देज लगाउने प्रयास गरिनु निन्दनीय भएको भन्दै सो कार्यको भर्सना समेत गरेका छन् ।

जनतालाई सुसूचित गराउन अहोरात्र खटिएका पत्रकारलाई प्रवेशमा रोक लगाउने कार्यले प्रेस स्वतन्त्रता माथि नै प्रहार गरेको उनले बताए ।

आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन र पत्रकारलाई सहजै सूचनाको पहुँचमा पुग्ने व्यवस्था मिलानसमेत अध्यक्ष गौतमले माग गरेका छन् ।

यस विषयमा सचिव भट्टसँग कुरा गर्दा उनले कोरोना संक्रमणको जोखिम कायमै रहेको र भिड भएका कारण प्रवेशमा रोक लगाइएको बताए ।

सचिव भट्टले राजनीतिक दलका कार्यकर्ता र घरजग्गा व्यवसायीलाई भने शपथ ग्रहण कार्यक्रममा सहजै प्रवेश दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप