सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं तिहारमा सरकारले चिनीमा ५ र नुनमा २ रुपैयाँ छुट दिने

बुधबार, २३ भदौ २०७८, १६ : ५३
बुधबार, २३ भदौ २०७८

सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ ।  कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा  छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको छ । जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ । यस्तै, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ ।

यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध संस्थानमार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट दिने मन्त्रालयले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप