विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो ।
तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधिभरमा यसलाई पारित गराउन पहल गर्नुपर्छ । यद्यपि नियमावलीको समय फ्रेमको हिसाबले हामीलाई समयको समस्या त छ, तर पनि सबैको बीचमा आवश्यक सहमति कायम राखेर फास्टट्रयाकबाट भएपनि यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ’ प्रमुख सचेतक गुरुङको भनाइ छ ।
अधिवेशनमा अधिकतम रुपमा विधेयकहरु पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ । नेकपा(एमाले)ले सदन अवरुद्ध गर्ने भन्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतीमा अगाडी बढ्न आग्रह गरिने पनि बताए । गठबन्धनभित्रै सहमति नजुटेको भन्दै उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताए । एमसीसी राष्ट्रिय सहमती गर्नुपर्ने मुद्दा भएकाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा अगाडी नबढ्ने गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु