तालिबानविरुद्ध काबुलमा महिलाको प्रदर्शन : तालिबानको धम्की – विरोध सहन सक्दैनौं
बुधबार, २३ भदौ २०७८, १६ : २१
तालिबानी प्रतिबन्ध र पाकिस्तानको दखलविरुद्ध काबुलमा लगातार तेस्रो दिन प्रदर्शन भइरहेको छ । यसको अगुवाई महिलाले गरिरहेका छन् । यतिबेला तालिबानीले महिलालाई रोकेर विरोध र नाराबाजी बन्द गर्न भने । तर उनीहरु मानिरहेका छैनन् । अर्कोतर्फ काबुलमा निकालिएको पाकिस्तान विरोधी र्यालीपछि तालिबानले सार्वजनिक विरोध–प्रदर्शन सह्य नहुने धम्की दिएको छ ।
पाकिस्तानले २ सय अफगानीलाई फिर्ता पठाएः
अफगानिस्तानमा तालिबानको डरले हज्जारौं अफगानी पाकिस्तान भागेका थिए तर पाकिस्तानले अब २०० जनालाई फिर्ता पठाएको विभिन्न सञ्चार माध्यमले जानकारी दिएका छन् । यसमा महिला र बालबालिका पनि समावेश । पाकिस्तानी पत्रिका डनको रिपोर्ट अनुसार जसलाई फिर्ता पठाइएको छ, उनीहरु अवैध रुपमा पाकिस्तान प्रवेश गरेको पाकिस्तानी अधिकारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी