बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गठबन्धन बैठकमा मन्त्रीहरुको ब्रिफिङ

बुधबार, २३ भदौ २०७८, १६ : ०९
बुधबार, २३ भदौ २०७८

सत्तारुढ गठबन्धनको बैठकमा सरकारलाई प्रभावकारी बनाउँदै संसदलाई पनि जिवन्त बनाउनेबारे  छलफल भएको भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सरकार र सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेबारे छलफल भएको काँग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामकारबाहीबारे ब्रिफिङ गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएको मन्त्रालयको प्रगतिका विषयमा भने मुख्यसचिव शंकरदास वैरागीले ब्रिफिङ गरेका थिए । 

यस्तै बैठकमा संसदमा लगिनुपर्ने एजेण्डालगायतका विषयका साथै विभिन्न विधेयक र अध्यादेशका सम्बन्धमा पनि छलफल भएको थियो । 

नेता खड्काले गठबन्धनबीच केही विषयमा मतमतान्तर रहेपनि संसदलाई जिवन्त बनाएर अघि बढाउन कुनै कसर बाँकी नराख्ने सहमति भएको बताए । आजको बैठकमा एमसीसीबारे भने खासै छलफल नभएको बताइएको छ । 

बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

यस्तै गठबन्धन दलको संसदीय फाँटको जिम्मेवारीमा रहेका अधिकारीका साथै मन्त्रीहरुको पनि बैठकमा सहभागिता रहेको थियो 

संसद बैठक बैठक बस्नुअघि गठबन्धन बैठक बसेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप