मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

लिन्डगार्डद्वारा युनाइटेडको करार नवीकरण अस्वीकार

बुधबार, २३ भदौ २०७८, १५ : ३४
बुधबार, २३ भदौ २०७८

इंग्ल्याण्डका फरवार्ड जेसे लिन्डगार्डले म्यान्चेस्टर युनाइटेडले करार नवीकरणका लागि गरेको अफर अस्वीकार गरेका छन् । क्रिस्टियानो रोनाल्डोको आगमनसँगै यो सिजन आफूले खेल्न पाउने समयका लागि चिन्तित रहेको बताइएको छ । 

आइतबार एन्डोराविरुद्धको खेलमा दुई गोल गरेका लिन्डगार्डले गत सिजन वेस्ट ह्याममा लोनमा बिताउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । २८ वर्षीय खेलाडीको करार यो वर्षको अन्त्यमा सकिँदैछ ।

यो सिजन उनलाई थुप्रै क्लबले अनुबन्ध गर्ने इच्छा देखिएका थिए । विशेष गरेर वेस्ट ह्याम उनलाई क्लबमा फर्काउन चाहन्थ्यो । उनले युनाइटेडबाट यो सिजन मात्र ४ मिनेट मात्र खेल्न पाएका छन् । गत महिना साउथह्याम्पटनविरुद्ध अतिरिक्त खेलाडीका रुपमा उनी मैदान प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप