शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरू, पार्टीको विधान मस्यौदा प्रस्तुत

बुधबार, २३ भदौ २०७८, १४ : ४८
बुधबार, २३ भदौ २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको बैठकमा संसदीय दलका नेता समेत रहेका अध्यक्ष नेपालले पार्टीको मस्यौदा विधान प्रस्तुत गरेका छन् । बैठकमा सो मस्यौदाबारे छलफल सुरू भएको  ।

बैठकमा सांसदहरू वेदुराम भुसाल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कल्याणी खड्का,  विरोध खतिवडा, किसन श्रेष्ठ, निरादेवी जैरु, कृष्णलाल महर्जन लगायतका सांसदहरू उपस्थित छन् । नेकपा एसको संसदीय दलको यो दोस्रो बैठक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप