आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा भेटियो डमरु

बुधबार, २३ भदौ २०७८, १४ : ३४
बुधबार, २३ भदौ २०७८

चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो ।

कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डमरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप