बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलकै सुरिक्षत जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

बुधबार, २३ भदौ २०७८, १४ : ००
बुधबार, २३ भदौ २०७८

इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भीर अभियोग दर्ज थियो ।

इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ ।

सुरुङ खनियो

मिडिया रिपोर्टस अनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरुले त्यस्तो ठाउँमा सुरुङ खने, जहाँबाट केही दूरीमा जेलको पर्खाल र अर्कोतर्फ सडक छ । त्यसपछि खेत आउँछ । त्यहीकारण यहाँ धेरै मानिस हुँदैनन् ।

सबै कैदीहरु जेलको पर्खालभित्रबाट खनिएको सुरुङ हुँदै सडकमा निस्किए, र त्यहाँबाट खेततर्फ लागे । केही किसानहरुले उनीहरुलाई देखेका थिए र ईजरायली अधिकारीहरुलाई जानकारी दिए । त्यसपछि छानबिन गर्दा सुरुङ खनिएको बारे थाहा भयो ।

सामाजिक सञ्जालमा सुरुङसहितको सडकको फोटो भाइरल भइरहेको छ । तर, प्रहरीले यस घटनाबारे केही जानकारी दिएको छैन । उसका सबै अधिकारीहरु छानबिनमा व्यस्त छन् ।

कैदीहरुको खोजी पनि जारी छ । यसका लागि इजरायली पुलिसले ड्रोन र हेलिकोप्टर पनि प्रयोग गरिरहेको छ । ‘घटनाको धेरैजसो जाँच पूरा भइसकेको छ । चाडैँ नै हामी फरार कैदीहरुलाई फेरि गिर्फतार गर्नेछौँ,’ एक इजरायली अधिकारीले भने । यस छानबिनमा गुप्तचर एजेन्सीका अधिकारीहरु पनि सहभागी छन् ।

प्यालेस्टाइनमा यी कैदीहरुले जेल तोडेको खुसीयालीमा मिठाई बाँडिएको छ । बेस्ट बैंक र प्यालेस्टाइनका केही हिस्सामा मानिसहरुले सडकमै मिठाई बाँडे । यस दौरान बाटोमा हिडिँरहेकाहरुलाई रोकेर मिठाई बाँडियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप