शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले कारवाही गरिएका १४ सांसद आए सदन चल्न नदिने

बुधबार, २३ भदौ २०७८, १३ : ४२
बुधबार, २३ भदौ २०७८

नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भए सदन चल्न नदिने चेतावनी दिएको छ । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेता केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने उल्लेख गरे ।

सांसदहरूलाई सम्बोधन गर्दै उनले आफ्नो दलले कारवाही गरेका सांसदलाई सभामुख सापकोटाले बचाएर पार्टी फुटाउन खोजेको आरोप समेत लगाएका छन् ।  एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले संसद बैठक प्रारम्भ भएको पत्र बाचन गर्न दिने र त्यसपछिका कार्यसूचीमा प्रवेश गर्न नदिई सदन अवरुद्ध गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप