सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नबिल म्युचुअल फन्डद्वारा लाभांश घोषणा

बुधबार, २३ भदौ २०७८, १३ : ३८
बुधबार, २३ भदौ २०७८

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्।

जस अन्तर्गत नबिल ब्यालेन्स्ड फन्ड २ ले आफ्ना इकाई धनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फन्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी दुई फन्डहरुको कोष प्रवर्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप