शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भोलीबाट टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा

बुधबार, २३ भदौ २०७८, १३ : १२
बुधबार, २३ भदौ २०७८

काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा भित्र्याउने भएको छ ।

कम्पनीले फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो। भोली अर्थात भदौ २४ गतेबाट नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ। यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर ३ वटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने बताइएको छ ।

यसैगरी, यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजीयुक्त बीएस–भीआई कम्प्लायन्ट इन्जिन हो। यसैगरी बीएस–भीआई कम्प्लायन्ट इन्जिन सहितको अपाचे आर.टी.आर. नेपाली मोटरसाइकल धेरैको रोजाइमा पर्ने गरेको कम्पनीको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप