सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लघु फिल्म ‘गहना’ सार्वजनिक

बुधबार, २३ भदौ २०७८, १२ : ५८
बुधबार, २३ भदौ २०७८

लघु फिल्म ‘गहना’ सार्वजनिक भएको छ । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘गहना’ ३२ मिनेट लामो रहेको छ । 

एक जोडी पति पत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । ‘गहना’ माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा देखाउन खोजिएको निर्देशक सुवेदीले बताए । 

‘गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा विद्यमान सोच र त्यसले पार्ने प्रभाव देखाउन खोजेको छ’ सुवेदीले भने ।

अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापालगायतको अभिनय रहेको फिल्मको कथा निर्देशक सुवेदी आफैले लेखेका हुन् । बिमल ढकालको छायाँकन रहेको फिल्ममा मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको फिल्ममा बिनोद भुजेलको पाश्र्व संगीत छ ।

दिलासा क्रियसन ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै छायाँकन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप