बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुपण्डोलबाट नक्कली प्रमाणपत्र बनाउने पक्राउ

बुधबार, २३ भदौ २०७८, १२ : ३२
बुधबार, २३ भदौ २०७८

नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित युएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै  पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।  केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप