बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकार लोकतन्त्र समाप्त पार्न लागेको छ : केपी ओली

बुधबार, २३ भदौ २०७८, १२ : २२
बुधबार, २३ भदौ २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेकाले सजग रहनुपर्ने बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकपछि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले देश नै गम्भीर अवस्थामा पुगेको बताए ।

‘देश नै गम्भीर अवस्थामा छ । अनेक हिसाबले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ’, ओलीले भने, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् ।’ उनले सत्तारुढ गठबन्धन आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको भन्दै जे गर्न पनि तयार हुने र दृष्टिकोणविहीन मानिसहरु भएको गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । ओलीले जनताको अभिमत र संसदीय प्रक्रियाबाट सरकार नबनेकाले उनीहरुमा जनताप्रतिको उत्तरदायित्व समेत नभएको बताए ।

‘लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट आएको होइन यो सरकार, परमादेशबाट आएको’, ओलीको भनाइ छ ।  उनले एमालेले कारवाही गरेका १४ संसदमाथिको सूचना ननिकालेर सभामुख पार्टीको लाचार छाया भएको आरोप समेत लगाए । त्यस्तै उनले संसद् अधिवेशन छापामार शैलीमा बन्द गरेर अध्यादेश ल्याएकोमा सरकारको चर्को आलोचना गरे ।

‘बैठक चालु छ, संसद् चालु छ । त्यस्तो अवस्थामा अचानक अधिवेशन बन्द गर्ने र बिहानै अध्यादेश ल्याउने ? मध्यरातमा अधिवेशन अन्त्य भयो, भोलिपल्ट बिहानै अध्यादेश ल्याउने’, ओलीले प्रश्न गरे । उनले अध्यादेशको मस्यौदा तयार गर्ने ठाउँ बूढानीलकण्ठ, कोटेश्वर वा खुमलटारमा नभए पनि गठबन्धनले त्यसै गरेको बताए । ‘अध्यादेशको मस्यौदा तयार गर्ने मन्त्रालयमा हो’,ओलीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप