पुनर्विमा कम्पनीले परिमार्जन गर्यो लाभांश प्रस्ताव
नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो । तर, बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ । समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखाङ्कन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो ।
निर्देशनपछि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी