एमाले संसदीय दलको बैठक जारी
बुधबार, २३ भदौ २०७८, १० : ०५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।
बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक जारी रहेको प्रमुख सचेतक विशाल भट्टरार्ईले जानकारी दिए । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीलाई सभामुख सापकोटाले वेवास्ता गरेको भन्दै एमालेले सर्वोच्चमा मुद्दा नै हालेको छ । संसद् बैठक चार बजे बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ