शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हड्डीको समस्याबाट बच्न के खाने ?

बुधबार, २३ भदौ २०७८, ०९ : ११
बुधबार, २३ भदौ २०७८

शरीरलाई तन्दुरुस्त राख्नका लागि विभिन्न प्रकारका भिटामिनहरुको फरक–फरक भूमिका हुन्छ । जसमध्ये भिटामिन डीले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिटामिन डीको कमिले हाडजोर्नी दुख्ने, मांशपेशीहरु दुख्ने जस्ता समस्याहरु पैदा हुन्छ भने केही गम्भीर रोगहरु अर्थराइटिस, रिकेट्स र अस्टियोपोरोसिस आदि लाग्ने सम्भावना पनि हुन्छ ।

व्यस्त जीवनशैलीका कारण मानिसहरु शारीरिक रुपमा सक्रिय रहँदा भिटामिन डीको कमि हुन जान्छ । भिडामिन डीको प्रमुख स्रोत सूर्यको किरण हो । तर, यसको कमि हुन नदिन विभिन्न प्रकारका खानेकुराको सेवन गर्न सकिन्छ ।

द नर्थ अमेरिकी मेनोपज सोसाइटीको जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन डीयुक्त खानेकुराले मधुमेहको खतराबाट बचाउँछ । एक अध्ययनका अनुसार भिटामिन डीले फोक्सोमा पाइने ट्युबरक्लोसिस ब्याक्टेरियासँग पनि लड्न मद्दत गर्छ । 

अण्डा 
अण्डा पोषक तत्वले भरपुर हुन्छ । यसमा प्रोटिन, भिटामिन डी, क्याल्शियम र अन्य थुप्रै प्रकारका मिनरल्सले भरिपूर्ण हुन्छ । यसलाई बिहानको नास्तामा खाने गर्नुपर्छ ।

दही
दहीमा ८१ प्रतिशत पानी हुन्छ । यसलाई पचाउन निकै सहज हुन्छ । यो भिटामिन डीको राम्रो स्रोत हो ।

दूध
दूध पिउने गर्नुपर्छ । दूधमा क्याल्शियम र भिटामिन डी भरपूर मात्रामा पाइन्छ ।

च्याउ
च्याउ भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो । यो शरीरका अन्य अंगहरुका लागि पनि निकै फाइदाजनक हुन्छ ।

पालक
पालकमा प्रोटिन, भिटामिन डी जस्ता तत्वहरु पाइन्छ । यसको सेवनले शरीरमा भिटामिन डीको कमि पूरा हुन्छ ।

पनिर
पनिर पनि भिटामिन डी र क्याल्शियमको प्रमुख स्रोत हो । यसको सेवनले हड्डी र मांसपेशीहरु मजबुत गर्छ ।

सोयाबीन
सोयाबीनमा प्रोटिन, क्याल्शियम, भिटामिन डी, ओमेगा–३ फ्याटी एसिड, आइरन, भिटामिन बी, जिंक, फोलेट, सेलेनियम आदि पदार्थहरु पाइन्छ । यसले हड्डीहरु मजबुत बनाउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप