संसद बैठक आज बस्दै, यस्तो छ सम्भावित ३२ बुँदे कार्यसूची

काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । कार्यसूची अनुसार १९ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृत लागि सदनमा पेस गर्ने छन् भने सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेस गर्ने छन् ।
यस्तै गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेस गर्ने कार्यसूची छ ।
यता कानुनमन्त्री ज्ञानेन्द्र कार्की यौन हिंसा, फौजदारी कसुर सम्बन्धी अध्यादेश पेस गर्ने कार्य सूची छ । यस्तै अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेस गर्ने छन् ।
यस्तो छ सम्भावित ३२ बुँदे कार्यसूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा