शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्स सम्मेलनको अध्यक्षता गर्ने

बुधबार, २३ भदौ २०७८, ०७ : ००
बुधबार, २३ भदौ २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्ने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ । शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागिता जनाउने छन् । 

ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दीगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाइएको छ ।

यी क्षेत्र बाहेक ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नु हुने नेता कोभिड–१९ महामारीको प्रभाव र अन्य वर्तमान अवस्थाको र क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप