बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबान नेता मुल्लालाई अन्तरिम सरकारको नेतृत्वमा चयन

मङ्गलबार, २२ भदौ २०७८, २३ : ०२
मङ्गलबार, २२ भदौ २०७८

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।

उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।

अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो ।

बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप