शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाका पक्षमा ८८७ जना स्थानीय जनप्रतिनिधिले गरे सनाखत

मङ्गलबार, २२ भदौ २०७८, २२ : १६
मङ्गलबार, २२ भदौ २०७८

जनता समाजवादी पार्टी नेपालका स्थानीय तहका ८८७ जनप्रतिनिधि (प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडास सदस्य) ले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेका छन् ।

लोसपाका कार्यकारिणी सदस्य केशव झाले गराएको जानकारी अनुसार सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रुपन्देहीमा २०, कपिलवस्तुमा १ जना जनप्रतिनिधिले सनाखत गरेका हुन् । त्यसमध्ये सप्तरीमा मेयर १ जना, उपमेयर तीन जना, धनुषामा मेयर१, उपमेयर २, महोत्तरीमा मेयर ६, उपमेयर १०, सर्लाहीमा मेयर ५, उपमेयर ४, रौतहटमा मेयर १, बारामा मेयर ३, उपमेयर ५, पर्सामा उपमेयरमा २, रुपन्देहीमा मेयर १, उपमेयर १ ले सनाखत गरेका छन् ।

त्यस्तै, लोसपासँग केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, सङ्घीय सांसद–१५ जनाले सनाखत गरेका छन् । प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूर पश्चिममा १ जना प्रदेश सांसदले सनाखत गरेको नेता झाले दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप