शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आयो

मङ्गलबार, २२ भदौ २०७८, २१ : ५२
मङ्गलबार, २२ भदौ २०७८


लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । सोमबार बिहानदेखि अवरुद्ध सडक ३ बजेदेखि पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । उच्च भार वहन गर्ने ट्रक भने सञ्चालनमा समस्या हुनसक्ने राईले जानकारी दिए ।
 
    यसअघि मेलम्ची नगरपालिका–११, १२ र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित विभिन्न ठाउँमा माथिबाट पहिरो खसी सडक लगातार अवरुद्ध भएको थियो । यता छाप, साँखु सडक भने अझै अवरुद्ध  छ । त्यस्तै काउल, भोटेचौर सडक भने सञ्चालनमा रहेको राईले जानकारी दिए । औँसीमा यात्रा गर्ने यात्रु सडक अवरुद्ध हुँदा मारमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप