शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाबाट नायब सुब्बा घुससहित पक्राउ

मङ्गलबार, २२ भदौ २०७८, २१ : ३९
मङ्गलबार, २२ भदौ २०७८

जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । मंगलबार जनकपुरधाम स्थित प्रशासन कार्यालयका कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीले नागरिकताको प्रतिलिपि बनाउन एक सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।

नायब सुब्बा उमेश कुमार चौधरीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले पक्राउ गरेको छ । नासु चौधरीलाई जनकपुरधाम स्थित क्याम्पस चोकबाट ८ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरिएको बर्दिबासस्थित अख्तियार आयोगको कार्यालयले जनाएको छ । पक्राउ परेका आरोपित नासु चौधरीलाई अख्तियारको कार्यालय बर्दिबासमा लागि थप अनुसन्धान गरिने अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप