मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

मङ्गलबार, २२ भदौ २०७८, २१ : ३५
मङ्गलबार, २२ भदौ २०७८

सिरहा जिल्लामा नेकपा एमालेबाट विजयी ६१ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवसहित नेकपा एमालेबाट विजयी सबै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । जिल्लाका अन्य स्थानीय तहबाट ४३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सबैले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको नेकपा एकीकृत समाजवादीका स्थानीय नेता योगेन्द्र सिंहले जानकारी दिए ।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल परित्याग गरी १२ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवका अनुसार उनीहरु मंगलबार जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर लोकतान्त्रिक समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप