शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ३९९ जनामा कोरोना सङ्क्रमण

मङ्गलबार, २२ भदौ २०७८, २० : ४०
मङ्गलबार, २२ भदौ २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २१ को पीसीआर परीक्षण गर्दा २६६ र ७१८ को एन्टिजेन परीक्षण गर्दा १३३ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा छ, इलाममा तीन तथा पाँचथर, उदयपुर र सङ्खुवासभामा एकएक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३९८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप