शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत् प्राधिकरणको पोल चोरेर अन्यत्र बेचेको आरोपमा ८ जना ठेकेदार र व्यापारी पक्राउ

मङ्गलबार, २२ भदौ २०७८, २० : १५
मङ्गलबार, २२ भदौ २०७८

विद्युत् प्राधिकरणको पोल चोरेर अनधिकृत प्रयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जना ठेकेदार र ३ जना व्यापारीलाई पक्राउ गरेको छ । कर्मचारीसँग मिलेर पोल अनधिकृत प्रयोग गरेको आरोपमा ठेकेदार र व्यापारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा ठेकेदार सुदर्शन लामिछाने, कृष्ण खरेल र नवराज कार्की लगायत छन् । विद्युत् प्राधिकरणसँग मिलेर ब्युरोले पोल चोरी गर्ने व्यापारी र ठेकेदारमाथि अपरेसन चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप