दक्षिणपूर्वी एसियाली ११ राष्ट्रका स्वास्थ्यमन्त्रीको १२ बुँदे घोषणापत्र जारी
दक्षिण पूर्वी एसियाको क्षेत्रीय संगठनको बैठकमा ११ देशका स्वास्थ्य मन्त्रीले संयुक्त रुपमा १२ बुँदे घोषणापत्र जारी गरेका छन् । सोमबार सुरु भएको बैठकको दोस्रो दिन स्वास्थ्य मन्त्रीहरुले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
एसियाली देशहरुले स्वास्थ्य प्रणालीलाई पुनः अभिमुखीकरण र सबलीकरण गर्ने प्रतिबद्धता घोषणा पत्रमार्फत जनाएका छन् । कोरोना महामारीबाट पाठ सिक्दै र बिरलैमात्र आउने यस्तो अवसरको उपयोग गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरुको उत्थानशीलतालाई थप सबलीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
घोषणा पत्रमा महामारीको दौरानमा र महामारी पश्चातको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरु र जनस्वास्थ्यका कार्यक्रमहरु सुचारु राख्नका लागि समुदायहरुलाई अझ संलग्न गराउने र समुदायहरुको सशक्तिकरण गर्ने प्रतिवद्धतासमेत जनाइएको छ ।
यस्तै, सदस्य राष्ट्रहरुले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोग लगायतका नसर्ने रोगहरुलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरुका लागि राष्ट्रिय गुणस्तर मापदण्डहरु स्थापना गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
सदस्य राष्ट्रहरुले परम्परागत औषधि प्रणालीहरुको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम् आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्नेमा सहमति जनाएका छन् ।
राजनीतिक नेतृत्व र सरकारलाई उत्तरदायी बनाउने, स्वास्थ्यमा सबैको पहुँच बनाउन स्वास्थ्य प्रणालीमा पुनःसंरचना गर्ने, कोभिड महामारीले अर्थव्यवस्था, खोपको समानुपातिक वितरण, स्वास्थ्य र समाजमा देखिन गएको समस्या र चुनौतीविरुद्ध एकवद्ध भएर सामना गर्ने स्वास्थ्य मन्त्रीहरुको प्रतिवद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण