फार्मेसी काउन्सिलको नक्कली प्रमाणपत्र बनाएको आरोपमा युवक पक्राउ
औषधी पसल चलाउन फार्मेसी काउन्सिलबाट जारी गरिने नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । बागलुङको बडीगार्ड गाउँपालिका–९ घर भएका ३२ वर्षीय युद्ध बहादुर केसीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
नेपाल र भारतका मेडिकल कलेजबाट पास गरेको डिप्लोमा इन फार्मेसीको सर्टिफिकेट बनाएर केसीले फार्मेसी काउन्सिलबाट जारी गरिने नक्कली प्रमाणपत्र बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । डिप्लोमा इन फार्मेसी पास भएपछि फार्मेसी काउन्सिलबाट दर्ता प्रमाणपत्र लिनुपर्छ ।
डिप्लोमा इन फार्मेसी र फार्मेसी काउन्सिलको प्रमाणपत्र बनाएर उनले ३ लाखसम्म लिने गरेको थाहा भएको छ । प्रवेशपत्रमा फरक मान्छेको फोटो टाँसेर परीक्षा दिन लगाउने र सो हर्कत सफल नभएमा उनले फार्मेसी काउन्सिलका चिकित्सकको नक्कली हस्ताक्षर गरेर प्रमाणपत्र बनाउने गरेका थिए ।
केसी विरुद्ध ललितपुर प्रहरीले लिखत सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरेको छ । उनले झापाको बिर्तामोडका एकजना डाक्टरसँग मेडिकल काउन्सिलले जारी गर्ने प्रमाणपत्र बनाइदिन्छु भनेर २ लाख रुपैयाँ ठगी गरेको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?