आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीवरुद्ध प्रचार गर्दा पुतलीसडकबाट ५ जना पक्राउ

मङ्गलबार, २२ भदौ २०७८, १८ : ४२
मङ्गलबार, २२ भदौ २०७८

एमसीसीविरुद्ध प्रचार गरेको आरोपमा प्रहरीले नेपालका लागि नेपाली पार्टीमा आवद्ध ५ जनालाई पक्राउ गरेको छ । नवराज कार्की र सुस्मितासहित ५ जनालाई प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको नेपालका लागि नेपाली अभियानका अगुवा डा. सुरेन्द्र भण्डारीले रातोपाटीलाई बताए ।

पक्राउ गरिएकाहरूलाई महानगरीय प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । बुधवार दिउँसो सो पार्टीले माइतीघर मण्डलामा एमसीसीको बिरुद्धमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रचार–प्रसार गर्दा प्रहरीले नियन्त्रणमा लिएर राष्ट्रिय झण्डा र पर्चा जफत गरेको डा. भण्डारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप