बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एचआईभी संक्रमितका लागि काम गर्ने राजीव काफ्ले पक्राउ

मङ्गलबार, २२ भदौ २०७८, १८ : २३
मङ्गलबार, २२ भदौ २०७८

एचआईभी संक्रमितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नवजीवन प्लस’ नामक संस्था चलाएका छन् । सो संस्थासँगै रहेको उनले नै संचालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा उनलाई पनि पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले बताए ।

ब्यूरोले ‘हिप्पी हिल’का एकजना कामदार र त्यहाँ गाँजा किन्न आएका ग्राहकलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा काफ्लेलाई पक्राउ गरेको बताइएको छ । हिप्पी हिलमा खुलेआम गाँजा बिक्री गरेको आरोप लागेका काफ्ले पछिल्लो समय गाँजामाथिको प्रतिवन्ध हटाउनुपर्छ भनेर अभियान चलाउँदै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप