शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काष्ठमण्डप पुनर्निर्माणमा ११ करोड ५० लाख सकियो, छानो छाउने काम सुरु

मङ्गलबार, २२ भदौ २०७८, १७ : ५८
मङ्गलबार, २२ भदौ २०७८

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुर स्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । 

विसं २०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको काष्ठमण्डपको अन्य काम सकेर छानो छाउने काम सुरु गरिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । 

काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनको भनाइ थियो । काष्ठमण्डप मुलुकको राजधानी काठमाडौँको ठूलो मौलिक सम्पदा भएकाले सातौँ शताब्दीमा बनेको काष्ठमण्डपको मौलिकतालाई बचाएर पुन निर्माण गरिनु ठूलो उपलब्धि भएको अध्यक्ष शाक्यले बताए । काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनको भनाइ छ । 

    काष्ठमण्डप सम्पदा पुनः निर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च गरिएको छ । काठमाडौँ महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनःनिर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ । 

    करिब रु १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको काम चाँडो सक्ने गरी काम भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप