शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा १४८ जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु

मङ्गलबार, २२ भदौ २०७८, १७ : ४९
मङ्गलबार, २२ भदौ २०७८

गण्डकी प्रदेशमा थप १४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकामा १४८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ७० महिला र ७८ जना पुरुष रहेका छन् । प्रदेशका ५ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्की ९०, बागलुङ ७, स्याङ्जा १४, म्यादी ८, पर्वत २, लमजुङ ८ , तनहुँमा ११ र नवलपुरमा ८ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ हजार ८२९ पुगेको छ ।

प्रदेशमा लमजुङ मध्य नेपाल नगरपालिका –१० का ३५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३१६ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७९ हजार ३६१ पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १५२  पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप