गण्डकीमा १४८ जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप १४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकामा १४८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ७० महिला र ७८ जना पुरुष रहेका छन् । प्रदेशका ५ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की ९०, बागलुङ ७, स्याङ्जा १४, म्यादी ८, पर्वत २, लमजुङ ८ , तनहुँमा ११ र नवलपुरमा ८ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ हजार ८२९ पुगेको छ ।
प्रदेशमा लमजुङ मध्य नेपाल नगरपालिका –१० का ३५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३१६ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७९ हजार ३६१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १५२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
