मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

मङ्गलबार, २२ भदौ २०७८, १७ : २३
मङ्गलबार, २२ भदौ २०७८

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा गएका थिए । पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्न पुगेका थिए । राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप