बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीविरुद्ध पक्राउ पूर्जी जारी भएकोमा महासंघको आपत्ति

मङ्गलबार, २२ भदौ २०७८, १७ : ०५
मङ्गलबार, २२ भदौ २०७८

निर्माण व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल निर्माण व्यवसायी महासंघले त्यसको विरोध गरेको छ । दाङको सिस्नेखोलामा बाढीले गाडी बगाएपछि पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका सञ्चालकविरुद्ध जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो । 

यही विषयलाई लिएर महासंघले एक विज्ञप्ती निकाल्दै आपत्ती जनाएको हो । विज्ञप्तीमा भनेको छ, ‘प्रशासन कार्यालयले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप निर्माण व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।’ दाङ प्रशासनले नेपाल निर्माण व्यवसायी महासंघका सदस्य समेत रहेका एडभेन्चर÷जे.भीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । 

महासंघले उक्त कम्पनी र सडक डिभिजन कार्यालय दाङबीच सम्झौता भई सिस्नेखोलाको पुल निर्माण कार्य संचालन भई अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । तर, सोही समयमा कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण विभिन्न जिल्लाहरूमा जारी बन्दाबन्दी र निषेधाज्ञाले निर्माणको काम समयमै नसकिएको दाबी गरेको छ ।

सार्वजनिक खरिद ऐन÷नियम र प्रचलित करार कानून एवं करार सम्झौता बमोजिम सार्वजनिक निकायबाट कारवाही गर्नुपर्ने भएमा सोही निकायबाट कारवाही हुनुपर्ने महासंघको माग छ । तर, जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई खत्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेबाट कानूनी शासनको खिल्ली उडेको महासंघको भनाइ छ ।

भदौ १६ गते राति करीब ११ बजे सिस्नेखोलाको पुलन निर्माणस्थलबाट गाडी बगाउँदा भौतिक र मानविय क्षती भएको थियो । यही विषयलाई प्रशासनले ठेक्का लिएर समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनीका सञ्चालक खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप