शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पपुवान्युगिनीमाथि नेपालको संघर्षपूर्ण जीत

मङ्गलबार, २२ भदौ २०७८, १७ : ०३
मङ्गलबार, २२ भदौ २०७८

नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो । शेखले ३० र भुर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

तर, मध्यक्रमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउँदै नेपालको पारीलाई सम्हाले । अन्त्यतिर सोमपाल कामीले २२ रन बनाउँदै नेपाललाई लक्ष्यसम्म पु–याए ।

यसअघि पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।  ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । 

पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले  २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप