बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

मङ्गलबार, २२ भदौ २०७८, १६ : ५३
मङ्गलबार, २२ भदौ २०७८

शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ ।  पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।  सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी)  आरोहण गर्न एक  समूहले  अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।
 
शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।

 अघिल्लो वर्षको सो याममा महामारीका बीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप