शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वाईसीएलको संयोजकमा सुमन देवकोटा

मङ्गलबार, २२ भदौ २०७८, १६ : २६
मङ्गलबार, २२ भदौ २०७८

 

योङ कम्युनिस्ट लिग (वाईसीएल) ले संगठनको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । मंगलबार बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकबाट देवकोटा संयोजक चयन भएका हुन् । 

यसअघि वाईसीएलको केही दिनअघि सम्पन्न भेलाले नेतृत्व चयन गर्न नसकेपछि केन्द्रीय कमिटी मात्र घोषणा भएको थियो । आज पार्टी अध्यक्ष प्रचण्ड सहभागी भएको बैठकबाट देवकोटा संयोजक र सुबोधराज शेर्पाली सहसंयोजक चयन भएका हुन् । 

 बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको वाईसीएल नेता पुष्प ओलीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप