वाईसीएलको संयोजकमा सुमन देवकोटा
मङ्गलबार, २२ भदौ २०७८, १६ : २६
योङ कम्युनिस्ट लिग (वाईसीएल) ले संगठनको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । मंगलबार बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकबाट देवकोटा संयोजक चयन भएका हुन् ।
यसअघि वाईसीएलको केही दिनअघि सम्पन्न भेलाले नेतृत्व चयन गर्न नसकेपछि केन्द्रीय कमिटी मात्र घोषणा भएको थियो । आज पार्टी अध्यक्ष प्रचण्ड सहभागी भएको बैठकबाट देवकोटा संयोजक र सुबोधराज शेर्पाली सहसंयोजक चयन भएका हुन् ।
बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको वाईसीएल नेता पुष्प ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण