एमसीसीविरुद्ध जनकपुरमा क्रान्तिकारी माओवादीको प्रदर्शन
मङ्गलबार, २२ भदौ २०७८, १६ : १५
एमसीसीविरुद्ध क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा सो पार्टीले जनकपुरधामको गोपाल धर्मशालाबाट निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका इन्चार्ज यादवले सार्वभौम सम्पन्न मुलुकको रुपमा रहेको नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाए ।
उनले एमसीसी परियोजना सांसदबाट पारित गरेर विदेशीको गुलाम बन्न नहुने भन्दै तत्काल एमसीसी सम्झौता फिर्ता गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य बिपती मण्डलले सधै स्वतन्त्र मुलुकको रुपमा रहेको नेपाललाई बन्धक बनाएर जनतालाई गुलाम नबनाउन सरकारलाई चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण