आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्राधिकरणले अनावश्यक दुःख दियो : धागो उत्पादक उद्योगी

मङ्गलबार, २२ भदौ २०७८, १६ : ०७
मङ्गलबार, २२ भदौ २०७८

धागो उत्पादक उद्योगीहरुले विद्युत प्राधिकरणले आफूहरुलाई अनावश्यक दुःख दिएको बताएका छन् । विद्युत प्राधिकरणले प्रयोग नै नगरेको डेडिकेटेड/ट्रंक लाइनको विद्युत महसुल तिर्न भनेपछि धागो उद्योगीहरुले यस्तो बताएका हुन् ।
आज पत्रकार सम्मेलनको आयोजना गरेर धागो उत्पादक संघले ३÷४ वर्ष अगाडीको विद्युत महसुल तिर्न भन्दै प्राधिकरणले दुःख दिएको बताएका हुन् । संघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानले प्रयोग गरेको विद्युतको महसुल सबै तिर्दै आएको बताए । उनले प्राधिकरणका अनुसार आफ्नो धागो उद्योगले तिर्नुपर्ने महसुल बढेर २ अर्ब रुपैयाँ हाराहारीमा पुगेको बताए ।

भने, ‘३ वर्ष अगाडि ७० करोडको बिल आएको थियो । अहिले प्राधिकरणले विभिन्न शीर्षक बढेर २ अर्ब हाराहारी पुर्याइसकेको छ ।’ आफ्नो जस्तै अन्य धेरै उद्योगीलाई मारमा पारेको उनले बताए ।

‘हुँदै नभएको बिजुलीको बिलको बक्यौता विवाद सृजना गरेपछि नेपालको धागो निकासी नै घटेको छ,’ उनले भने, ‘केही वर्ष अगाडिसम्म नेपालबाट धेरै धागोको निकासी हुन्थ्यो । जुन अहिले खुम्चिएको छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप