सहिद गेट निर्माणमा अनियमितता
मधेस आन्दोलनको जगमा स्थापित भएका राजनीतिक दलकै प्रतिनिधिले मधेस आन्दोलनका सहिदको सम्मानमा निर्माण हुन लागेको गेटमा पनि आर्थिक अनियमितता गरेको तथ्य प्रकाशमा आएको छ ।
जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाम नगरको प्रवेशद्वारमा सहिद गेट निर्माणका क्रममा अनियमितता गरेको तथ्य प्रकाशमा आएको हो ।
जनकपुरमा मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएकाहरुको नाममा सहिद गेट निर्माण भइरहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले निर्माणाधीन सहिद गेटको टेण्डर प्रक्रियामै अनियमितता गरेको पाइएको छ ।
सहिद गेट निर्माणका लागि २०७६ माघ १० मा पहिलो पटक ३० दिने सूचनासहित टेण्डर आह्वान गरिएको थियो । जसमा रविन्द्र कन्स्ट्रक्सन प्रालिको प्रस्तावमात्रै परेको थियो ।
तर अनुभव सम्बन्धी कागजात नक्कली रहेको प्रमाणितपछि ठेक्का अस्वीकृत गरिएको थियो । त्यसपछि २०७६ फागुन १८ मा १५ दिने सूचना पुनः आह्वान गरियो । जसमा गौरी पार्वती साप जेभीको प्रस्ताव परेको थियो । ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत घटाएर अर्थात् ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएको तर बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराएको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
२०७७ साल असार २० मा शिलान्यास गरिएको सो सहिद गेट निर्माणमा आर्थिक वर्ष ०७६÷०७७ मा ४४ लाख ७७ हजार ७ सय २ रुपैयाँ र आर्थिक वर्ष ०७७÷०७८ मा २ करोड बजेट छुट्याइएकोमा १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ गत जेठ महिनासम्ममा खर्च गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण