नेपाली आकाशमा दिनमा १० वटा भारतीय हेलिकोप्टर उड्दा समेत देउवा सरकार मूकदर्शक : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनमा १० वटा भारतीय हेलिकोप्टर नेपाली आकाशमा आएर तमासा देखाउँदा समेत सरकार मूकदर्शक बनेको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा एमाले कास्कीको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ओलीले नेपाली आकाशमा १० वटा हेलिकोप्टरले तमासा देखाउँदा समेत देउवा सरकार मूकदर्शक बनेको आरोप लगाएका हुन् ।
‘दिनमा नेपाली आकाशमा १० वटा हेलिकोप्टर नाचेर तमासा देखाउँदा समेत सरकार मूकदर्शक बनेको छ,’ उनले भने, ‘जयसिंह धामी तुइनका लट्ठा काटेर नदीमा बगाउँदा समेत सरकार रमिते बनेको छ।’
उनले देउवा सरकार बनको बाघसँग घरको कुकुर डराएजस्तो भएको आरोप गलाए । उनले कुर्सीका लागि भारतीय ज्यादतीलाई देउवा सरकारले टुलुटुलु हेरेर मूकदर्शक बनेको बताए ।
ओलीले विगतमा प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने प्रयास गरेको बताए । उनले आफू प्रधानमन्त्री भए देखिनै नेता प्रचण्ड र नेपालले पार्टीमा कब्जा जमाउने योजना बनाएको आरोप लगाए ।
माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताउँदै उनले पार्टी छाडेर जाँदा समेत कुनै असली नेता कार्यकर्ताले नपत्याएको दाबी गरे । नेता ओलीले एमाले समाप्त पार्न नेता नेपाल समूहले प्रदेशहरूमा पनि मन्त्री बाँड्दै हिँडेको बताए ।
ओलीले नेकपा एमालेसँग एक्लै चुनाब लड्न कुनै पनि पार्टीको हैसियत नभएको दाबी गरे । ‘नेकपा एमालेसँग एक्लै चुनाव लड्ने कसैको पनि हैसियत छैन,’उनले भने, ‘त्यसैले एमाले विरुद्ध आगामी निर्वाचन सम्म ५ वटा पार्टीले मोर्चा बन्दी गरेका छन्, उनीहरूलाई एमालेसँग एक्लै चुनाव लड्न आँट नै छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण