शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा ४४ अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो

मङ्गलबार, २२ भदौ २०७८, १५ : ३१
मङ्गलबार, २२ भदौ २०७८

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४ अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदासम्म ४४ अंकले घटेर रोकिएको हो । उक्त अंकको गिरावटसँगै २९ सय ३६ अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भई १ करोड ५० लाख कित्ता सेयर मात्रै किनबेच भएको छ । यसक्रममा आज दुई वटा समूहमा सुधार आएको छ । आज अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको हो ।

अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा सबैभन्दा बढी ३०२, निर्जीवन बीमा समूह २९०, लघुवित्त समूहमा १४६ अंकको गिरावट आएको छ ।

बजार घटेपनि आज सानिमा लाइफ इन्स्योरेन्स समूहको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ । १० प्रतिशतले मूल्य बढेसँगै कम्पनीको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप