सेयर बजारमा ४४ अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४ अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदासम्म ४४ अंकले घटेर रोकिएको हो । उक्त अंकको गिरावटसँगै २९ सय ३६ अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भई १ करोड ५० लाख कित्ता सेयर मात्रै किनबेच भएको छ । यसक्रममा आज दुई वटा समूहमा सुधार आएको छ । आज अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको हो ।
अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा सबैभन्दा बढी ३०२, निर्जीवन बीमा समूह २९०, लघुवित्त समूहमा १४६ अंकको गिरावट आएको छ ।
बजार घटेपनि आज सानिमा लाइफ इन्स्योरेन्स समूहको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ । १० प्रतिशतले मूल्य बढेसँगै कम्पनीको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण