बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

क्यानडाका प्रधानमन्त्रीमाथि ढुङ्गा प्रहार

मङ्गलबार, २२ भदौ २०७८, १४ : ५५
मङ्गलबार, २२ भदौ २०७८


प्रदर्शनकारीहरूले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि ढुङ्गा प्रहार गरेका छन् । चुनावी अभियानमा जुटेका बेला  ट्रुडोमाथि ढुङ्गा प्रहार भएको हो ।  तर उनलाई कुनै चोट भने लागेको छैन ।

आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघिमात्रै चुनाव घोषणा गरेका थिए । तर, कोभिड १९ खोपको अनिवार्यता र अन्य कडाइहरूका कारण अहिले क्यानडामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ र ट्रुडोले राम्ररी प्रचार गर्न पाएका छैनन् । एक साताअघिमात्रै आक्रोशित बनेका प्रदर्शनकारीहरुले एम्बुस बिछ्याएपछि ट्रुडोले चुनावी –याली स्थगित गरेका थिए । 

अन्टारियोमा ढुङ्गा प्रहार भएको विषयमा प्रतिक्रिया दिँदै  उनले आफू घाइते नभएको बताएका छन् । उनले यस घटनालाई २०१६ को घटनासँग तुलना गरे । त्यतिबेला एक महिलाले उनलाई फर्सीले हानेकी थिइन् ।  विपक्षी पार्टीका नेता इरिन ओ टोलीले पनि यस घटनाको निन्दा गरेका छन् । ‘राजनीतिक हिंसा कहिल्यै सही हुन सक्दैन र दबाब, दुर्व्यवहार र हिंसाबाट हाम्रो मिडिया स्वतन्त्र हुनुपर्छ,’ उनले ट्वीट गरेका छन् । 

२० सेप्टेम्बरमा  हुने चुनावअघि ट्रुडोको अनिवार्य खोप योजना प्रमुख मुद्दा बनेको छ । सबै सरकारी कामदारहरूले अक्टुबरको अन्त्यसम्म खोप लगाउनुपर्ने र खोप नलगाए जागिर खाने चेतावनी गत महिना सरकारले दिएको थियो ।
विश्वमा सर्वाधिक खोप लगाउने देशमध्ये क्यानडा एक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप